काठमाडौं। विर अस्पतालको सीमित क्षेत्रमा मात्र उपलव्ध (eduroam) सेवा थप क्षेत्रमा विस्तार भएको छ। यो सँगै इडियुरोममा आवद्ध विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान संस्था तथा विद्यार्थीहरु विर अस्पतालमा पुग्दा इन्टरनेटमा सजिलै पहुँच स्थापित हुने भएको छ।
यस सँगै विर अस्पतालका डाक्टर तथा अनुसन्धानकर्ताहरु इडियुरोम जोडिएको नेपालको अर्को शैक्षिक तथा चिकित्साशास्त्र अध्ययन हुने संस्था साथै देश वाहिरका विश्वविद्यालयमा पुग्दा निःशुल्क रुपमा इन्टरनेटमा पहुँच स्थापति हुने भएको छ।
विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान सम्वन्धी संस्था तथा उच्च शिक्षामा संलग्न शिक्षक तथा विद्यार्थीहरु विच एक शैक्षिक संस्था बाट अर्को शैक्षिक संस्थामा पुग्दा आफ्नै शैक्षिक संस्थाको युजरनेम र पासवर्डवाट इन्टरनेटको पहुँच स्थापीत हुने भमगचयबm सेवा हाल १०० वटा देशहरुका विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरुमा सञ्चालमा आइसकेको छ।
यस सेवालाई नेपालमा विस्तार र प्रवर्दन गर्ने काम नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (NREN) नामक संस्थाले निःशुल्क रुपमा गर्दै आएको छ। साथै यस संस्था नेपालका विश्वविद्यालय तथा वैज्ञानिक अनुसन्धानमा संलग्न संस्थाहरुलाई एक आपसमा जोडेर वैज्ञानिक अनुसन्धान तथा सहकार्यको वातावरण वनाउन प्रयासरत रहेको छ।
हाल यस संस्थाले उपलव्ध गराएको अनुसन्धान तथा शैक्षिक सञ्जालमा नेपालका आठ वटा विश्वविद्यालय सहित ३० वटा शैक्षिक तथा अुसन्धानमा संलग्न संस्थाहरु जोडिइसकेका छन्।
यसअघिनै विर अस्पताल विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्द भइसकेको छ। यसै नेटवर्कको सहयोग स्वरुप न्युक्लिएर मेडिसिनका क्षेत्रमा केहि सहकार्यहरु हाल जारी रहेको साथै ब्कष्२ऋयललभअत को सहयोगमा भिडियो कन्फ्रेन्सीङ उपकरणहरु समेत न्युक्लिएर मेडिसिन विभागले प्राप्त गरिसकेको छ।

