सुनचाँदीकै मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० र चाँदीको पाँच रुपैयाँले बढेर कारोबार भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी तोलाको एक हजार ४६० रुपैयाँमा करोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय