‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ ले पार्टीमा उत्साह छाएको निस्कर्ष

काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चार महिनासम्म चलेको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ ले पार्टीमा उत्साह पलाएको बताएका छन्। केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार पत्रकार सम्मेलन गर्दै सापकोटाले अभियानले पार्टी कमिटी चलायमान भएको बताएका हुन्।

माओवादी चुनावमा मात्र नभइ अरूबेला पनि गाउँ आएको भन्दै कार्यकर्तामा जागृति र जनतामा आशा पलाएको उनले बताए। उनले भने, ‘जनताका गुनासा र आशा छन तर यसलाई निरन्तरता दिनुपर्ने माग पनि गरेका छन्।’

उनले अभियानका कारण सदस्यता नवीकरण प्रक्रिया तीव्र भएको बताए। उनले पार्टी एकढिक्का भएको र आशा उत्पन्न भएको बताए। अभियानका क्रममा जनताले भ्रष्टाचारविरोधी अभियानलाई तीव्र बनाउन सुझाव दिएको उनले बताए। ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ सोमबार सकिएको थियो। अभियानअन्तर्गत नेताहरू गाउँ-गाउँ पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर