काठमाण्डाै – अस्ट्रेलियासँगको तेस्रो टेस्ट क्रिकेटमा पाकिस्तानका ओपनर ब्याटर इमाम उल हक र तीव्र गतिका बलर शाहीन शाह अफ्रिदी नखेल्ने भएका छन् । उनीहरूको ठाउँमा २१ वर्षका सइम अयुब र साजिद खानलाई राखिएको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ ।
२१ वर्षीय अयुबले गएको वर्षमात्रै टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । यस्तै साजिद खान दुई वर्षको अन्तरालपछि टेस्ट टाेलीमा फर्किन लागेका हुन् । यो खेल अस्ट्रेलियाका डेभिड वार्नरका लागि अन्तिम खेल हुनेछ । उनले टेस्ट क्रिकेटबाट यसअघि नै सन्न्यास लिने घोषणा गरेकोमा अस्ति आइतवार एकदिवसीयबाट पनि सन्न्यासको घोषणा गरेका छन् ।
तेस्रो टेस्ट भोलि बुधवारदेखि सिड्नीमा शुरु हुनेछ । तीन खेलको शृङ्खला अस्ट्रेलियाले जितिसकेको छ । अस्ट्रेलिया पहिलाे खेलमा ३ सय ६० र दाेस्राे खेलमा ७९ रनले विजयी भएकाे थियाे ।