जापानमा भूकम्प: मृत्यु हुनेको संख्या ६२ पुग्यो,  तीन सय बढी घाइते

काठमाडौं । जापानको इशिकावा प्रान्तमा सोमबार गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ ।

बुधबार सरकारी अधिकारीले ६२ जनाको मृत्यु भएको जनाएका छन् । तीन सयभन्दा बढी मानिस घाइते भएका छन् । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अधिकारीहरुले भूकम्पपछि पहिरो र भारी वर्षाको चेतावनी दिएका छन् । नोटो क्षेत्रमा केन्द्रबिन्दु बनाएर गएको ७.५ म्याग्निच्युडको भूकम्पपछि सुनामी समेत आएको थियो ।

भूकम्पले आगलागी हुँदा र घर तथा सडक भत्किएर ठूलो भौतिक क्षति भएको छ । खराब मौसमबीच उद्धारकर्ताले भग्नावशेषमा फसेका मानिसको खोजी गरिरहेकाले घाइते तथा मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

भूकम्पपछि ३१ हजार ८०० भन्दा बढी मानिस घरबाहिर आश्रयस्थल (सेल्टर)मा रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय