पिएम कप महिला क्रिकेटको उपाधि एपिएफले जित्यो

काठमाडौँ । कोशी प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आज (बुधवार) भएको फाइनलमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो।

जितका लागि एपिएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०३ रनमात्र बनाउन सक्यो र उपविजेतामै चित्त बुझाउनु पर्‍यो। 

उपाधिसँगै विजेता एपिएफले नगद ५ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कोशीले नगद ३ लाख रुपैयाँमा चित्त बुझाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय