राष्ट्रिय महिला क्रिकेट टोलीबाट सन्यास लिइन् ज्योतिले

काठमाडौँ । राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी ज्योति पाण्डेले सक्रिय खेल जीवनबाट सन्न्यास लिएकी छन् । काठमाडौँमा बुधवार सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको समापनसँगै उनले सक्रिय खेल जीवनबाट सन्न्यास लिएकी हुन् ।

राष्ट्रिय टोलीकी ओपनर ज्योतिको सन्न्यास सुखद रह्यो । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई प्रधानमन्त्री कपको उपाधि चुमाउँदै उनले सक्रिय खेल जीवनबाट सन्न्यास लिएकी हुन् ।
ज्योतिको घर विराटनगर हो । ज्योतिले राष्ट्रिय टोलीसँगै घरेलु प्रतियोगिताबाट पनि सन्न्यासको घोषणा गरेकी हुन् । ज्योतिलाई उपाधि जितेपछि कीर्तिपुर क्रिकेट मैदानमा एपीएफको टोलीले गार्ड अफ अनरको सम्मान पनि दिएको थियो । ज्योतिले सन् २०१६ मा थाइल्यान्डमा आयोजना भएको एसीसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर टोलीमा ‘डेब्यू’ गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय