नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि भारतले १० अर्ब दिने

काठमाडौँ । नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि भारतले १० अर्ब रुपियाँ अनुदान सहयोग दिने भएको छ।

बिहीवार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशबीच भएको ऊर्जा व्यापार सम्झौताअनुरुप भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि १० अर्ब रुपियाँ अनुदान दिने भएको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भारतीय अनुदानबारे जानकारी दिए। उनले दुई देशका ऊर्जा सचिवबीच भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौता भएको पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर