एजेन्सी । इजरायली सेनाले गाजाबाट कम्तीमा ५१ जना प्यालेस्टाइनी महिलालाई नियन्त्रणमा लिएको छ ।
‘प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनिज एन्ड एक्सप्रिजनर्स अफेयर्स अथोरिटी र ‘प्यालेस्टाइन प्रिजनर्स क्लब’ले संयुक्त विज्ञप्तिमार्फत नियन्त्रणमा लिइएका महिलाहरूलाई इजरायलको डेमोन जेलमा राखिएको बताएका छन् । इजरायली सेनाले ८२ वर्षीया एक महिलासहित उनका थुप्रै आफन्तलाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा नियन्त्रणमा लिइएका महिलाहरूको संख्या अझै धेरै हुन सक्ने उल्लेख छ ।