काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपका लागि नेपाली युवा टिमको घोषणा भएको छ ।
जनवरी १९ देखि दक्षिण अफ्रिकामा हुने युवा विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टिम सार्वजनिक गरेको हो ।
जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यस समूहमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन् ।
नेपालले २१ जनवरीमा न्युजिल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । यस्तै, नेपालले समूहको दोस्रो खेलमा २४ जनवरीमा पाकिस्तानविरुद्ध र अन्तिम खेलमा २७ जनवरीमा अफगानिस्तानविरुद्ध खेल्ने छ ।