काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।