काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट कृष्ण सिटौलाले मनोनयन दर्ता गराएका छन् ।
कोशी प्रदेशको विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर सिटौलाले केहीबेर अगाडी मनोनयन दर्ता गराएका हुन् ।
गत निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित हुनु भएका सिटौला राष्ट्रिय सभाको निर्वाचनमा पुन उम्मेदवार भएका हुन् । उनको समर्थकमा हिमाल कार्की र प्रस्तावकमा प्रदीप सुनुवार ररहेका छन् ।

