कोशी सभाको सभामुखको निर्वाचनमा एमालेले उम्मेदवार नउठाउने

विराटनगर। कोशी प्रदेश सभाको सभामुखको निर्वाचनमा नेकपा एमालेले उम्मेदवार नउठाउने भएको छ।

आज मंगलबार बिहान बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए। गठबन्धन बाहेकका उम्मेदवारलाई सघाउने उनले बताए।

कोशी प्रदेशमा आज मंगलबार दिउँसो ३ बजे सभामुखका लागि निर्वाचन हुँदैछ। सत्ता गठबन्धले यसअघि नै कोशी प्रदेशको सभामुखका लागि राप्रपाबाट अम्बरबहादुर विष्टलाई उम्मेदवारीमा उठाउने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर