काठमाडौं। चारबुँदे माग राख्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ।
आज मंगलबार पक्राउ परेका उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। डा. केसीले यसअघि सरकारसँग चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग अघि सार्दै आएका छन्।

