कोशीको सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित

विराटनगर। कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन्।

उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए। प्रदेशस्थित सत्ता गठबन्धनका दलहरूले सभामुखका रूपमा अघि सारेपछि उनलाई प्रमुख विपक्षी नेकपा एमालेले पनि समर्थन गरेको थियो।

झापा गौरादहका ७० वर्षीय विष्ट राप्रपाबाट निर्वाचित समानुपातिक सांसद हुन्। कोशी प्रदेशसभाको नेतृत्व गर्ने अवसर पाएका उनी प्रदेश सभाको तेस्रो सभामुख हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर