काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । आज २०.६२ अंकले बढेको सेयर बजार २०८०.१२ विन्दुमा पुगेर बन्द भएको छ ।
आज ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँको कारोबार भएको छ । १६५ वटा कम्पनीको सेयरमूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ ।
विकास बैंक समूह सबैभन्दा धेरै ५.२१ प्रतिशतले बढेको छ । त्यस्तै फाइनान्स ३.६४, होटेल तथा पर्यटन २.७२, अन्य १.८९, लगानी १.२४, जीवन बीमा ०.९४, निर्जीवन बीमा ०.६०, माइक्रोफाइनान्स १.११ र बैंकिङ समूह ०.६७ प्रतिशत बढे । जलविद्युत् समूह ०.४५ र उत्पादन समूह ०.०४ प्रतिशत घट्यो ।
११ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । कर्णाली विकास बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोसी विकास बैंक, अपर स्याङ्गे हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रिइन्स्योरेन्स, नेपाल वेयरहाउजिङ कम्पनी, तेह्रथुम पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत बढ्यो । यीमध्ये हिमालयन रिइन्स्योरेन्सको सोमबारदेखि मात्रै कारोबार सुरु भएको हो । पाँचथर पावर, इस्टर्न हाइड्रोपावर र मनकामना स्मार्ट लघुवित्तको मूल्य ८ प्रतिशत बढ्यो ।
त्यस्तै धौलागिरि लघुवित्तको मूल्य ८ प्रतिशत घटेको छ । सीईडीबी हाइड्रोपावर, विन्ध्यबासिनी, सुपरमादी हाइड्रोपावर तथा माण्डु हाइड्रोपावरको मूल्य ५ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, निफ्रा, सोल्टी होटेल, माउन्टेन इनर्जी र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

