काठमाडौं । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टलेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आज प्रदेशसभाबाट निर्वाचित भए लगतै विष्टले प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ लिएका हुन् ।
राप्रपा समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा एमालेको समर्थनमा सभामुख बनेका थिए ।

