काठमाडौँ । आफूलाई ‘तपस्वी’ भन्ने रामबहादुर बम्जन सार्वजनिक भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीलाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
हिजो मंगलबार पक्राउ परेका बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६।७ रुपैयाँ बरामद गरेको छ । विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाणको नेपाली रुपैयाँ बरामद भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
उनलाई पक्राउ गरिएकोबारे औपचारिक जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनलाई बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट पक्राउ गरिएको जानकारी दिइयो । उनको साथबाट प्रहरीले मोबाइलमात्रै १४ थान बरामद गरेको छ ।

