रामबहादुर बम्जनको घरबाट १८ देशका मुद्रा बरामद

काठमाडौं। अनुयायी बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले नेपालीसहित १८ देशका मुद्रा बरामद गरेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार पत्रकार सम्मेलन गर्दै उनको काठमाडौंको बुढानीलकण्ठ घरबाट नेपाली र विदेशी मुद्रासहित तीन करोड ३४ लाख रुपैयाँ बरामद गरेको हो।

सिआइबीका अनुसार बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँबराबरको विदेशी मुद्रा बरामद भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर