सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले भोलि प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। यो प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ। बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ।

पहाडी जिल्लाबाट तराई झरेका बाजुरेली, बझाङ्गीहरुले यहाँ पनि भुवा पर्व मनाउने गरेका छन्। सार्वजनिक स्थानमा भुवा नाच नाचेर यो पर्वमा रमाउने चलन रहेको छ। भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले यहाँ पुस २६ देखि २८ गतेसम्म भुवाचाली खेल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर