काठमाडौंं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उमेदवारको नामावली प्रकाशन हुनेछ । हिजो र आज दाबीविरोध र उजुरीउपर छानबिन गरेपछि निर्वाचन आयोगले आजै उमेदवारको नामावली प्रकाशन गर्ने भएको हो ।
सोमबार उमेदवारहले मनोनयन दर्ता गरेका थिए । मनोनय दिएका उमेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । उक्त अवधीमा दुई उमेदवारविरुद्ध उजुरी परेको थियो । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका दलित समूहका उमेदवार विष्णु बिकविरुद्ध उजुरी परेको थियो ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार २७ गते (भोलि) नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।

