काठमाडौं । आजदेखि नागरिक उन्मुक्ति पार्टी (नाउपा) को प्रथम राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ। कैलालीको टिकापुरमा आज सुरु हुने महाधिवेशन यही पुस २८ गतेसम्म चल्नेछ।
महाधिवेशनमा सहभागी हुन देशभरका ७७ मध्ये ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुने पार्टीका केन्द्रीय सदस्य अरुण कुमार चौधरीले जानकारी दिए। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।
महाधिवेशनबाट २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ। नाउपामा अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष रहने छन्। महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको चौधरीले जानकारी दिए।

