काठमाडौं। नेपाली काँग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले प्रेम र बलात्कारको सन्दर्भमा कानुनी व्याख्याको आवश्यकता रहेको बताएका छन्। सामाजिक सञ्जालमा बिहीबार उनले उक्त विषयमा स्पष्ट परिभाषा आवश्यक रहेको उल्लेखका छन्।
क्रिकेट सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहराइएपछि प्रेम र बलात्कारको विषयमा विभिन्न खाले प्रतिक्रिया आइरहेका छन्। सामाजिक सञ्जालमार्फत यसरी प्रतिक्रिया आइरहेका बेला काँग्रेस नेता भण्डारीको धारणा सार्वजनिक भएको छ। यद्यपि उनले यो मुद्दाको सन्दर्भलाई नजोडिकन सैद्धान्तिक विषय उठाएका छन्।
प्रसंग नखुलाए पनि उनको विचारलाई सन्दीप लामिछानेको मुद्दासँग जोडेर प्रतिक्रिया आइरहेका छन्। नेता भण्डारीले कस्तो अवस्थालाई प्रेम ? र कस्तो अवस्थालाई बलात्कार ? मान्ने भन्ने विषयमा कानुनी व्याख्याको आवश्यकता औँल्याए। उनले प्रेम बलात्कारमा परिणत हुन्छ कि हुँदैन ? भनेर प्रश्न उठाएका छन्।
उनले सामाजिक सञ्चालजमा लेखेका छन्, ‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता छ। कस्तो अवस्थालाई प्रेम ? र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ हुँदैन ? परिभाषाको आवश्यकता!’


