रुस–युक्रेन युद्धमा परि प्युठानका सोनु सुनारको मृत्यु

काठमाडौं।रुस–युक्रेन युद्धमा परि थप एक नेपाली नागरीकको मृत्यु भएको छ। मृत्यु हुनेमा रुसी सेनामा भर्ती भएका प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको हो ।

दुई वर्षदेखि दुबईमा कार्यरत सोनु केही महिनाअघि उतैबाट रुस गएका थिए । सोनुसँगै रहेका र अहिले घाइते अवस्थामा रहेका उनका साथीले मृत्यु भएको जानकारी दिएका हुन्। नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले सामाजिक सञ्जालमार्फत सोनुको मृत्युबारे पुष्टी गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर