काठमाडौं । तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

