राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई

काठमाडौं । नेपाल पुलिस क्लब ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । साविक विजेता नेपाल एपीएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लगाउँदै पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो ।

कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको खुलामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्‍यो । उपाधिसँगै पुलिसले एक लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय