काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस दाङको भालुवाङ स्थित राप्ती पुलबाट खस्दा १२ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ११ पुरुष र एक महिला रहेका छन् ।
यस्तै दुर्घटनामा २३ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइहेको प्रहरीले जनाएको छ। नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस राति करिब साढे १० बजेतिर राप्ती नदीमा खसेको थियो।
घाइतेमध्ये १४ जनाको कोहलपुर अस्पताल, सातजना बुटवल र दुईजनाको भालुवाङमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। चालक सकुशल रहेको र आफ्नो नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

