मध्य चीनको कोइला खानीमा भएको दुर्घटनामा १३ जनाको मृत्यु

एजेन्सी । मध्य चीनको हेनान प्रान्तको पिङडिङशान शहरमा रहेको कोइला खानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ। सो दुर्घटनामा अन्य तीन जना बेपत्ता भएका छन्।

दुर्घटना दिउँसो २ बजेर ५५ मिनेटमा भएको थियो। पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उद्धार कार्य अझै जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय