नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दै छ ।

पार्टी कार्यालय आलोकनगरमा बैठक अहिलेकेहिबेरमा बस्ने गरी बैठक बोलाइएको हो।

नेकपा एसले राष्ट्रिय महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न केन्द्रीय सचिवालयको बैठक बोलाएको महासचिव घनश्याम भुसालले जानकारी दिए। उनका अनुसार बैठकमा राष्ट्रिय जेठमा हुने राष्ट्रिय महाधिवेशनको तयारीका साथै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल र समीक्षा हुनेछ।

नेकपा एसले पार्टीको विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते केन्द्रीय परिषद्को बैठक बोलाएको छ। अहिले विधान संशोधन मस्यौदामाथि सुझाव संकलन गर्न मस्यौदाको ड्राफ्ट जिल्ला तहका कार्यकर्तालाई पठाइएको छ। केन्द्रीय परिषद्ले पारित गरेको विधान मस्यौदा जेठ पहिलो साता हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर