प्रधानमन्त्री कपमा सुदूरपश्चिमकाे विजयी सुुरुवात

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुुरुवात गरेको छ। आज सोमबार घरेलु टोली लुम्बिनीलाई ५ विकेटले हराएको हो।

भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा जितका लागि पाएको १५९ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ५ विकेट गुमाएर २९.३ ओभरमा भेट्टायो। दूरपश्चिमलाई जिताउन नारायण जोशीले अलराउन्ड प्रदर्शन गरे। उनले बलिङमा सर्वाधिक ३ विकेट लिए भने ब्याटिङमा २८ रनमा अविजित रहे।
जोशीसँग छैटौ विकेटका लाग नट आउट ४९ रनको साझेदारी गरेका शेर मल्ल ४२ रनमा अविजित रहे।

ओपनरद्वय खडक बोहरा र टेक रावतले क्रमशः २१ र १८ रन बनाए। नरेन भट्ट १२, किरण ठगुन्नाले १६ रन बनाए। लुम्बिनीका लागि अभिषेक गौतमले सर्वाधिक ३ विकेट लिए। कृष्ण कार्की र अजय चौधरीले १/१ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी ४८.४ ओभरमा १५८ रनमा अलआउट भएको थियो। लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ४२ रन बनाए।

उनले ६८ बलमा ४ चौका प्रहार गरेका हुन्। ओपनर विराट भण्डारीले २३ रन बनाए। मिर्नाल गुरुङले १४, मोहम्मद हसन २६, दिलसाद अली १० र कृष्ण कार्कीले १२ रन बनाए। सुदूरपश्चिमका लागि जोशीले ३ विकेट लिएका थिए भने भोजराज भट्ट र नरेन साउदले २/२ विकेट लिए । मिलन बोहराले १ विकेट लिए। यो सुदूरको पहिलो जित हो। पहिलो खेलमा गण्डकी प्रदेशलाई हराएको लुम्बिनीको यो पहिलो हार हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय