काठमाडौं। त्रिशूली नदीमा गाडी खसेको छ। मंगलबार बिहान पौने पाँच बजेतिर स्थानीयले गाडी खसेको आशंका लागेपछि प्रहरीलाई खबर गरेका थिए। सोहीअनुसार खोजीकार्य सुरु गरिएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार जीप सडकबाट करिब एक सय मिटर तल खसेको हो। भारतीय नम्बर प्लेट बीआर ९जीसी१४३० नम्बरको सेतो रङको सिंगल क्याब बोलेरो फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। गाडी फेला परे पनि अहिलेसम्म मान्छे भने फेला परेका छैनन्। ‘जीपमा मान्छे थिए वा थिएनन् वा के भएको हो भन्नेबारे यकिन गर्न सकिएको छैन,’ डिएसपी भण्डारीले भने ।

