घट्यो आज सुनको भाउ

काठमाण्डाै – आज सुनचाँदीको भाउ घटेको छ । एक सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ ।

हिजो तोलाको १ हजार ४ सय २० रुपैयाँ रहेको चाँदी आज भाउ घटेर तोलाको १ हजार ४ सय १५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय