जाम्बियामा हैजाका कारण ३ सय ६२ जनाको मृत्यु

एजेन्सी । जाम्बियामा अक्टोबर यता हैजाका कारण ३ सय ६२ जनाको मृत्यु भएको छ।

अक्टोबरमा पानीजन्य रोग ९हैजा० फैलिएदेखि हालसम्म ९ हजार १५५ जना संक्रमित भएका छन्। हैजाको प्रकोप नघटेपछि जाम्बियाले हैजाको प्रकोप नियन्त्रणका लागि थप कडा उपायहरूको घोषणा गरेको छ। स्वास्थ्यमन्त्री सिल्भिया मासेबोले सरकारले हैजा रोकथाम र नियन्त्रणका उपायहरू बढाउनका लागि यसअघि घोषणा गरेको वैधानिक यन्त्रमा एउटा दफा ल्याएको बताए। अन्य पहिलेका उपायहरूमा अस्वच्छ अवस्थामा खानाको व्यापारमा प्रतिवन्ध र हैजाबाट मरेका मानिसहरू राखिराख्न निषेध गरिएको थियो।

चर्चहरूलाई अधिकतम दुई घण्टामा हैजाका कारण मृत्यु भएकाहरूको अन्त्येष्टि गरिसक्न निर्देशन दिइएको थियो। देशका १० मध्ये ६ प्रदेशमा पछिल्लो २४ घण्टामा ४३१ नयाँ संक्रमित र ११ जनाको मृत्यु भएको छ भने ३८८ जना डिस्चार्ज भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय