एजेन्सी । लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड जितेका छन् ।
आज बिहान लण्डनमा भएको कार्यक्रममा उनलाई सन् २०२३ को वर्ष खेलाडी अवार्ड वितरण गरिएको छ । आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेस्सीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् । यो अवार्डका लागि नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पे पनि छनोटमा परेका थिए ।
मेस्सीले राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान तथा विश्वभरका खेल पत्रकार र समर्थकले गरेको मतका आधारमा यो अवार्ड पाएका हुन् । उनले यसअघि सन् २०१९ र २०२२ मा पनि यो अवार्ड जितेका थिए । उनको कप्तानीमा अर्जेन्टिनाले विश्व कपको उपाधि जितेको थियो ।