त्रिविमा अब शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत आवेदन दिन पाइने

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत आवेदन दिन पाउने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रण कार्यालय बल्खुले यहि माघ १५ गतेदेखि अनलाइन माध्यमबाट सेवा प्रदान गर्ने भएको हो।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको आज बसेको बैठकबाट त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूद्वारा दिइने सेवाहरू (ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन) अनलाइन माध्यमबाट ई पेमेन्टको सुविधासहित सेवा सञ्चालन गर्ने ल्याउने निर्णय भएको पनिकाले जानकारी दिएको छ।

आवश्यक कागजात अनलाइनमा अपलोड गर्नुपर्ने र नपुग भएमा इमेलमा सूचना आउने प्रणाली बनाइको पनिकाले जनाएको छ। अनलाइन सेवाको कार्यान्वयन विधिको विस्तृत जानकारी माघ १० गतेका दिन कार्यालयको वेबसाइटमा राखिने जनाइएको छ। त्रिविको शैक्षिक प्रमाणपत्र हाल काठमाडौंको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयबाट मात्र लिन सकिनेछ। त्यसका लागि लाइन बसेर निवेदन दिने र शुल्क तिर्नुपर्ने बाध्यता छ।

प्रतिक्रिया

सम्बन्धित खवर