चितवनमा लामो समयपछि देखियो कोरोना संक्रमण

काठमाडौं। चितवनमा लामो समयपछि फेरि कोरोना संक्रमण फेला परेको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार १० महिनापछि आज २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।आइतबार र आज गरिएको छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। ​

निमोनियाका कारण उपचारका लागि भरतपुर अस्पताल पुगेका वृद्धको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएपछि उनलाई अस्पतालमै राखी उपचार शुरू गरिएको छ भने अर्का २९ वर्षे पुरुषलाई पनि होम आइसोलेसनमा राखिएको छ।

कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ।यसअघी चितवनमा पछिल्लो पटक गत चैतमा कोरोना सङ्क्रमण देखिएको थियो।​

प्रतिक्रिया

सम्बन्धित खवर