कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । देशका धेरै स्थानमा लगातारजसो हिमपात र कुहिरो भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर