काठमाडौं । मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबार) कम्बोडिया जाने भएपछि खड्कालाई कार्यवाहक तोकिएको हो ।

