काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ।
नेपाली नागरिकका तर्फबाट युवराज सफलले सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडीसमेत रहेका लामिछानेविरुद्ध सफलले उजुरी दिएका हुन् ।
उजुरीमा सफलले सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गरेका छन् ।
उनले सहकारीबाट कर्जा लिँदा र दिँदा गरिएका कर्जा सम्झौता कागज, कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णय कर्जा लिनेबारे कम्पनीले गरेको निर्णयको प्रतिलिपि वा सक्कल कागज नै झिकाई आवश्यक अनुसन्धान गर्न सहकारी मन्त्रीको समेत ध्यानाकर्षण गराएका छन् ।

