दार्चुलामा बस दुर्घटना, १५ जना घाइते

खलंगा। दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका-५ स्थित डम्पिङ साइडनजिकै आज बिहान दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन्।

घाइतेमध्ये एकजना गम्भीर, दुई मध्यम र अरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

जिल्ला अस्पताल दार्चुलामा घाइतेको उपचार भइरहेको छ। बस सडकबाट करिब २० मिटर तल खसेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर