भिजन र आँट भएकालाई अवसर दिनुपर्ने लाइनमा छौँ: केपी ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालका अन्य विश्वविद्यालयका तुलनामा मध्यपश्चिम विश्वविद्यालयले भौतिक, प्राविधिक र शैक्षिक गुणस्तर सुधारमा उल्लेख्य प्रगति गरको बताएका छन्।

ओलीले आज विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ‘विद्यार्थीहरूसँग केपी शर्मा ओली’ अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन्।

यस्तै ओलीले अन्य विश्वविद्यालयहरू भन्दा मध्यपश्चिम विश्वविद्यालय सबै कुरामा उत्कृष्ट देखेको उल्लेख गर्दै विश्वविद्यालयलाई थप प्राज्ञिक र ज्ञानको थलो बनाउनु पर्नेमा जोड दिए।

पछिल्लो समय नेताका आसपासमा डुल्नेलाई भिसी बनाउने प्रचलन बढ्दै गएको उल्लेख गर्दै भिजन र काम गर्न सक्ने आँट भएकालाई अवसर दिनुपर्ने लाइनमा आफू रहेको अध्यक्ष ओलीले दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर