सभामुखले बोलाए सबै विषयगत समितिका सभापतिहरुको बैठक

काठमाडौं। प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सबै विषयगत समितिका सभापतिहरुको बैठक बोलाएका छन् । सभामुख घिमिरेले भोलि बिहान ११ बजे समितिका सभापतिहरुलाई छलफलमा बोलाएका हुन् ।

सभामुखले छलफलको विषयबारे भने जानकारी नगराउनु भएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

उनले छलफलको विषय जानकारी नदिएपनि समितिको काम कारबाही र गतिविधिबारे जानकारी लिन खोजेको अनुमान गरिएको सभापति खतिवडाले आशय व्यक्त गरे ।

घिमिरे सभामुख चयन भएको १ वर्ष पूरा भएको छ। यससम्बन्धमा पनि केही छलफल र विस्तृतिकरण हुन सक्ने उनको अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित खवर