एजेन्सी । देश छोडेर विदेशी नेपालीलाई स्वदेशको झल्को मेटाउन स्वदेशमै आउन पर्छ तर पछिल्लो समय अस्ट्रेलियामा बस्दै आइरहेका नेपालीको लागि अस्ट्रेलियामै स्वदेशको झल्को मेटिने गाउँ बनेको छ ।
अस्ट्रेलियामा नेपाली गाउँघरको झल्को दिने घरहरु बनाइएको छ । जुन दृश्यको चर्चा यतिबेला चौतर्फि भइरहेको छ । पुतली लज, पराजूली कार्पेट्स,दर्बाङ्ग फ्रेसहाउस तथा तरकारी पसल, नेपाल प्रहरीको गाडी र सँगै माउन्ट एभरेष्ट टूर बस रहेको त्यहाँ नेपाली गाउँ, गाउँले परिवेशलाई मात्रै होइन भिरपाखालाई पनि हुबहु उतारिएको छ त्यहाँ हेर्दा र जाँदा साँच्चै नेपालकै गाउँमा भएको अथवा त्यहि भएको महसुस गराउने गर्छ ।
बसोबासका लागि नभई हलिउड सिनेमा ‘आइस रोड २ः टु दि स्काई’ को छायांकजको लागि बनाइएको हो । सिनेमा छायाँङ्कनकै लागि यतिबेला निर्माता टोली अस्ट्रेलियामा रहेका छन् । नेपालको पहिचान र संस्कृति झल्कने गरि तयार पारिएको उक्त गाउँमा झण्डै एक साता सिनेमा छायाँकन हुने जनाइएको छ ।
सिनेमाको कथामा अभिनेता लिसन आफ्नो भाइको अस्तु सेलाउन सगरमाथा जाँदाको दृश्य देखाउन खोजिएको छ । सिनेमामा सहभागि हुनका लागि भिक्टोरिया राज्यमा रहेका २० देखि ७० बर्षसम्मका नेपालीहरुलाई आग्रह गरिएको थियो ।