एजेन्सी । आईसीसी यू–१९ विश्वकप क्रिकेटको हिजो भएको खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको छ। न्युजिल्याण्डले जितका लागि दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २३८ रनमात्र बनाएपछि ६४ रनले पराजित भएको हो।
नेपालका लागि अर्जुन कुमालले बनाएको व्यक्तिगत ९० रन नै सर्वाधिक रन रह्यो। ओपनर ब्याट्सम्यान अर्जुनले दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा ७३ बलमा ६ चौका हान्दै अर्धशतक पूरा गरे। उनले १०४ बलको सामना गरेर १२ चौका हान्दै ९० रन बनाए।
उनी ८औँ विकेटका रुपमा आउट भए। अर्जुनले तेस्रो विकेटका लागि कप्तान देव खनालसँग ५९ रनको साझेदारी गरे। देव ३६ रन बनाएर आउट भए। तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरे।
टिङको शुरुवातमै नेपालले झड्का बेहोर्नु पर्यो। रनको खाता नखोल्दै पालीको तेस्रो बलमा ओपनर दीपक बोहरा आउट भए।