तनहुँमा मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु

तनहुँ। तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ।

दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक गएराति सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मृत्यु हुनेमा देवघाट– ३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल लगिएकोमा आज बिहान चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर