काठमाडौं। रुसी सेनामा कार्यरत थप एकजना नेपालीको ज्यान गएको छ। रसुवाको नौकुण्ड गाउँपालिका–५ का ३२ वर्षीय सुन्दर मोक्तानको निधन भएको हो। योसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ।
मोक्तानका आफन्तले दिएको जानकारी अनुसार गत भदौमा रोजगारीका लागि क्रोयसिया गएका उनी कार्तिक अन्तिममा क्रोयसियाबाट रुस जान लागेको खबर पठाएपछी हालसम्म सम्पर्कमा थिएनन्।
मोक्तानको २६ दिनअघि साथीले मृत्यु खबर दिएको र अहिले शव ल्याउनेबारे कुरा भइरहेको नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिनुभयो।
नेपाली सेनामा जागिरे मोक्तान सशस्त्र द्वन्दमा माओवादीको दबाबपछि जागिर छाडेका थिए।त्यतिबेलै बाबु कमानसिंह मोक्तान तामाङको पनि घरमा सुतिरहेको अवस्थामा माओवादीले नै हत्या गरेका थिए। मोक्तानको मृत्युको खबरले परिवार शोकमा डुबेको छ।

