रश्मिका मन्दानाको ’डिपफेक’ भिडिओ बनाउने व्यक्ति पक्राउ

काठमाडौं । भारतीय अभिनेत्री रश्मिका मन्दानाको ’डिपफेक’ भिडिओ बनाउने व्यक्ति पक्राउ परेका छन् ।

डिपफेक भिडियो बनाउने इन्जिनियर इमानी नवीनलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार नयाँ दिल्ली प्रहरीको टिमले डिपफेक बनाउने नवीनलाई आन्ध्र प्रदेशबाट पक्राउ गरेको हो ।

इमानीले आफ्नो सामाजिक सञ्जालमा फलोअर्स बढाउन डिपफेक भिडिओ बनाएको बताएका छन् ।

उनीहरूलाई पक्राउ गरेपछि रश्मिकाले दिल्ली प्रहरी प्रशासनलाई धन्यवाद दिएकी छन् । उक्त भिडिओमा रश्मिकाको अनुहार अर्को महिलाको अनुहारमा राखिएको थियो । उनी कालो पहिरन लगाएर लिफ्टमा चढिरहेकी देखाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय