१९ वर्षमुनिको विश्व कपमा अस्ट्रेलियासंग नामिबिया ४ विकेटले पराजित

एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा अस्ट्रेलियाले नामिबियालाई ४ विकेटले हराएको छ । ९२ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गरेको छ । अस्ट्रेलियाका लागि कप्तान हुग विब्गेन सर्वाधिक ३९ रनमा नआउट रहेका थिए ।

तेस्रो नम्बरमा ब्याटिङ गरेका हुगले ४३ बलमा ४ चौका हानेका थिए । ओपनर ह्यारी डिक्सन र राफ म्यामिलनले समान १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नामिबियाका ज्याक ब्रासेलले ८ ओभरमा २ मेडनसहित २८ रन दिएर ३, हान्रो बाडेनहोस्टेले २ र हेन्री भान वेकले १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियालाई अस्ट्रेलियाले ३३ ओभर १ बलमा ९१ रनमा अलआउट गरेको थियो । अस्ट्रेलियाका कालुम भिड्लेरले ४ विकेट लिएर म्या

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय