काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशनको आह्वान गर्न सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
माघ २२ गते अपराह्न ४ बजे संसद् अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

