इजरायलको आक्रमणमा थप ४० प्यालेष्टिनीको मृत्यु

एजेन्सी । आफ्ना २४ सैनिक मारिएपछि इजरायली सेनाले गाजामा जवाफी आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा ४० प्यालेष्टिनी मारिएको अलजजिराले जनाएको छ।

इजरायलको सेनाले गाजाको आक्रमणमा २४ सैनिक मारिएपछि सेनाका लागि सबैभन्दा घातक दिन घोषणा गरेको छ। सेनाले उनीहरू २२ देखि ३७ वर्ष उमेरका भएको बताएको छ।

अक्टोबर ७ यता गाजामा इजरायली आक्रमणमा कम्तीमा २५ हजार ४९० जनाको मृत्यु भएको छ भने ६३ हजार घाइते भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय